राष्ट्रियसभाको बैठक यही माघ १७ गते बस्ने भएको छ । संघीय संसदका महासचिव भरतराज गौतमले विहीबार सूचना जारी गर्दै माघ १७ गते सोमबार दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्ने जनाएका हुन् ।
राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (१)बमोजिम बैठक बोलाएको जनाएको छ ।