भोलि बस्ने भनिएको राष्ट्रिय सभाको बैठक स्थगित

होमल्याण्ड खबर

२०७८ माघ १६ गते, आईतवार १४:३५ मा प्रकाशित

राष्ट्रिय सभाको सोमबार माघ १७ गते बस्ने तय भएको बैठक स्थगित भएको छ ।

संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले एक सूचना जारी गर्दै सोमबारका लागि तय भएको बैठक स्थगित भएको जानकारी दिएका छन् ।

यसअघि केही दिन अगाडि मात्रै सूचना जारी गरेर राष्ट्रिय सभाको बैठक माघ १७ गते ९सोमबार० दिनको १ बजे बस्ने तय भएको जानकारी गराइएको थियो ।

कोरोना भाइरसको संक्रमण ब‌ढेपछि संघीय संसद्‌का दुवै सदन ९प्रतिनिधि सभा र राष्ट्रिय सभा०को बैठक स्थगित हुँदै आएको छ ।