१ चैत्र २०८२, आईतवार
राष्ट्रिय सभाको सोमबार माघ १७ गते बस्ने तय भएको बैठक स्थगित भएको छ ।
संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले एक सूचना जारी गर्दै सोमबारका लागि तय भएको बैठक स्थगित भएको जानकारी दिएका छन् ।


यसअघि केही दिन अगाडि मात्रै सूचना जारी गरेर राष्ट्रिय सभाको बैठक माघ १७ गते ९सोमबार० दिनको १ बजे बस्ने तय भएको जानकारी गराइएको थियो ।
कोरोना भाइरसको संक्रमण बढेपछि संघीय संसद्का दुवै सदन ९प्रतिनिधि सभा र राष्ट्रिय सभा०को बैठक स्थगित हुँदै आएको छ ।