सभामुखको भूमिका निष्पक्ष नभएको कांग्रेसको निष्कर्ष, सदन अवरोध जारी रहने

होमल्याण्ड खबर

२०८१ जेष्ठ ४ गते, शुक्रबार ११:१८ मा प्रकाशित

नेपाली कांग्रेसले संसदीय समिति गठन नभएसम्म सदन अवरोध जारी रहने अडान दोहोरयाएको छ ।

बिहान बसेको संसदीय दलको बैठले सहकारी ठगी छानविनमा संसदीय समिति गठन हुनुपर्ने आफ्नो मुद्दा नछोड्ने निर्णय गरेको छ । सभामुख देवराज घिमिरेले संसद बैठक सञ्चालन गर्दा तटस्थता नदेखाएको ठहर गरेको छ ।

दलको बैठकले तटस्थता र निष्पक्षता पूर्वक बैठक सन्चालन गर्न अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

दलको बैठकले सभामुख संसदीय मर्यादामा नबसेको निष्कर्ष निकलेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । सभामुखले बलजफती जारी राखे आफूहरूले उनलाई नमान्ने परिस्थिति बन्न सक्ने कांग्रेसले चेतावनी दिएको छ ।