प्रचण्ड, ओली र रविबीच सिंहदरबारमा भेट

होमल्याण्ड खबर

२०८१ जेष्ठ ४ गते, शुक्रबार ११:५५ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री गृहमन्त्री एवं रास्वपाका सभापति छलफलमा जुटेका छन् ।

सिंहदरबारमा जारी भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, संसदको हिजोको असामान्य परिस्थिति, कांग्रेसद्वारा निरन्तर जारी सदन अवरोध र सत्ता गठबन्धनको अबको रणनीति तयारीबारे छलफल भइरहेको बताइएको छ ।

सिंहदरबारमा सत्तारुढ शीर्ष नेताको छलफल चलिरहँदा नेपाली कांग्रेसले भने सरकारविरुद्ध विपक्षी मोर्चा कस्न संसदका प्रतिपक्षी दलका नेतासँग बानेश्वर संसद भवनको ल्होत्से हलमा छलफल गरिरहेको छ । कांग्रेस संसदीय दलको आजै बिहान बसेको बैठकले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानबाट पछि नहट्ने निर्णय गरेको छ ।

कांग्रेसले आफ्नो मागमा अरु विपक्षी दलको पनि साथ खोजेको हो ।

संसद ११ बजेदेखि बोलाइएपनि दलका नेताहरू बैठक र संवादमा रहँदा कतिखेरबाट सुरू हुने निश्चित छैन ।