१ हजार ४ सय रुपैयाँले बढ्यो सुनको भाउ, मूल्य कति ?

होमल्याण्ड खबर

२०८३ मंसिर ११ गते, बिहीबार ११:१२ मा प्रकाशित

नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।

बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ४ सय रुपैयाँ रहेकोमा बिहीबार १ हजार ४ सय रुपैयाँले बढेको हो ।

बुधबार चाँदीको मूल्य प्रतितोला ३ हजार ७५ रुपैयाँ कायम भएको छ । यसअघि बुधबार चाँदीको मूल्य प्रतितोला ३ हजार ४० रुपैयाँमा कारोबार भएकोमा बिहीबार ३५ रुपैयाँले बढेको हो ।