जग्गा भएका ‘नक्कली सुकुम्बासी’लाई होल्डिङ सेन्टर छाड्न दुई दिनको समय

होमल्याण्ड खबर

२०८३ मंसिर ११ गते, बिहीबार १३:५४ मा प्रकाशित

आफूहरूको नाममा जग्गा हुँदाहुँदै पनि सुकुम्बासीको परिचय दिएर सरकारी होल्डिङ सेन्टरमा बस्दै आएका व्यक्तिलाई अब त्यहाँ बस्न नदिइने भएको छ।

सरकारी छानबिनका क्रममा आफ्नै नाममा जग्गा रहेको पुष्टि भएका व्यक्तिहरूलाई दुई दिनभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिइएको छ।

सरकारी छानबिनबाट जग्गाधनी प्रमाणित भएका व्यक्तिहरूले सुकुम्बासीका नाममा होल्डिङ सेन्टरमा बस्न नपाउने व्यवस्था गरिएको हो।

यस निर्णयसँगै वास्तविक सुकुम्बासी र जग्गा हुँदाहुँदै पनि सुकुम्बासीको परिचय दिएर सुविधा लिइरहेका व्यक्तिबीच छुट्याउने सरकारी प्रयास अघि बढेको छ।