३० फाल्गुन २०८२, शनिबार
प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा एमाले सहभागी नहुनुमा प्रमुख दुई कारण रहेको जनाइएको छ ।
बैठकमा निम्ता गर्न फोन गरेका प्रधानमन्त्री देउवालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्ष दलसँग सल्लाह नगरी बैठक बोलाएको र संसद गतिरोध हलका लागि पहल नगरेको दुईवटा कारण देखाएर सहभागी हुन नसक्ने जवाफ दिएका हुन् ।


‘हिजो प्रधानमन्त्रीज्यूले अध्यक्षज्यूलाई फोन गरेर सर्वदलीय बैठकका लागि निम्ता दिनुभएको थियो,’संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने, ‘अध्यक्षज्यूले प्रधानमन्त्रीज्यूलाई दुई कारणले उपस्थित हुन नसक्ने जानकारी दिनुभएको छ । पहिलो प्रतिपक्ष दलसँग कुनै सल्लाह नगरी औपचारिकता निभाउनका लागि बैठक आह्वान गरेको र दोस्रो जुन माग राखेर संसदमा अवरोध भइरहेको छ, त्यो हल गर्नतर्फ प्रधानमन्त्री अझै लाग्नु भएको छैन ।’