३० फाल्गुन २०८२, शनिबार
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधिसभाको बैठक शुरू हुनासाथ आज पनि विरोध गरेको छ । सदा झैँ प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका हुन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी सदनको कामकारबाही अघि बढाउन आग्रह गरेता पनि एमाले सांसदले नारावाजी गरिरहेका हुन् ।
सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउन नपाउँदै एमाले सांसदले विरोध गरिरहेका छन् ।


एमालेको विरोधकाबिच सभामुख सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवालाई नै रक्षामन्त्रीको जिम्मेवारी तोक्ने गरी कार्यभार दिइएको पत्र पढेर सुनाएका छन् । संसद् भवन नयाँ बानेश्वरमा जारी बैठकमा एमालेको विरोधकाबीच अहिले विभिन्न अध्यादेशहरू स्वीकृतिका पेस भइरहेका छन् ।
संसदको कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय, ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ९नियमन० अध्यादेश, २०७८ तथा ‘सामाजिक सुरक्षा ९पहिलो संशोधन० अध्यादेश र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले ‘रेल्वे अध्यादेश, २०७८ पेस गर्ने उल्लेख छ ।
नेकपा ९एमाले० ले आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको कारबाही प्रक्रिया अघि बढाउन माग गर्दै संसदमा अवरोध गर्दै आएको छ ।