३० फाल्गुन २०८२, शनिबार
संसदको बैठक पुष १८ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेको विरोधबीच चार अध्यादेश संसदबाट स्वीकृत गरी बैठक पुस १८ सम्म स्थगित गरीएको हो ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गृहमन्त्रीका तर्फबाट पेस गरेको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपेरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८,‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ तथा ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले प्रस्तुत गरेको ‘रेल्वे अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भनि गरेको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो ।


अध्यादेश स्वीकृतको कार्यसूची अघि बढाउन अघि नै बुधबार पनि प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए ।