माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक

होमल्याण्ड खबर

२०७८ पुष ७ गते, बुधबार १४:५४ मा प्रकाशित

माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक गरिएको छ । यही  पुस ११ बाट काठमाण्डौंमा सुरु हुने राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक गरिएको हो ।

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पार्टी कार्यालय पेरिसडाँडामा बुधबार आयोजित पत्रकार सम्मेलनमा लोगो सार्वजनिक गरेका हुन् ।

लोगोमा ‘नयाँ क्रान्ति विचार क्रान्तिकारी पार्टी निर्माणका लागि’ लेखिएको छ भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित हँसिया हथौडा बोकेको, गोलाकार भित्रको हँसिया हथौडा चुनाव चिन्ह र केही धार्मिक स्थलको चित्र  देखिन्छ ।