३० फाल्गुन २०८२, शनिबार
नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दशत्र शुरू भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दशत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदन पेश भएका छन् ।
अहिले उक्त प्रतिवेशनमा २० भन्दा बढी समूह बनाएर छलफल शुरू भएको छ । छलफलका क्रममा फरक मत आएमा त्यसलाई समेत समेटेर प्रतिवेदन संशोधनसहित पारित गर्ने तयारी माओवादीको छ ।


माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाललका अनुसार बिहीबारसम्म चल्ने महाधिवेशनले राजनीतिक प्रतिवेदन, विधान पारितसँगै नयाँ नेतृत्वको चयन गर्ने कार्यसूची रहेको छ ।