अमेरिकाले युद्ध गर्न खोजेको दाहालको आरोप

होमल्याण्ड खबर

२०७८ पुष १३ गते, मंगलवार १५:४० मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकाले युद्ध चाहेको आरोप लगाएका छन् । उनले पार्टीको महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा उक्त आरोप लगाउँदै अमेरिकी सहयोगसम्बन्धी एमसीसी कुनै हालतमा पारित नगर्ने स्पष्ट संकेत गरेका हुन् ।