३० फाल्गुन २०८२, शनिबार
प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तमु समुदायको भाषा, संस्कृतिको संरक्षण, संवर्धन गर्न सरकारले सहयोग गर्ने बताएका छन्। बिहीबार तमु ल्होसारका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले तमु समुदायको भाषा, संस्कृति, संविधानको संरक्षण, संवर्धन गर्न सरकारले सहयोग गर्ने बताएका हुन्।
उनले आजको पर्वले मुलुकको आर्थिक तथा सामाजिक विकासमा गुरुङ समुदायले पुर्याउँदै आएको योगदानलाई उजागर गर्न र सो समुदायको सभ्यता र संस्कृतिलाई अरु समुदायसमक्ष चिनाउन मद्दत गर्ने बताए। प्रधानमन्त्री देउवाले ल्होसार पर्वले तमु समुदायहरुमा विभिन्न वर्ग, संस्कृति, समुदाय र क्षेत्रसँग सम्बद्ध नागरिकबीच आपसी मेलमिलाप, श्रद्धा र सहिष्णुता सुनिश्चित गर्न पनि सहयोग पुग्ने विश्वास लिएको बताए।


प्रधानमन्त्री देउवाले भने, ‘आजको पर्वले मुलुकको आर्थिक तथा सामाजिक विकासमा गुरुङ समुदायले पुर्याउँदै आएको योगदानलाई सबै सक्षम उजागर गर्न र यस समुदायको सभ्यता र सँस्कृतिलाई अरु समुदायसमक्ष चिनाउन मद्दत गर्ने विश्वास लिएको छु। यो पर्वले काठमाडौं उपत्यकाभित्र र बाहिर रहेका तमु समुदायहरु विभिन्न वर्ग, सँस्कृति, समुदाय र क्षेत्रसँग सम्वद्ध नागरिकको बीच आपसी मेलमिलाप, श्रद्धा र सहिष्णुता, सुनिश्चित गर्न पनि सहयोग पुग्ने विश्वास लिएको छु। तमु समुदायको भाषा, संस्कृति, संविधानको संरक्षण संवद्र्धन गर्न नेपाल सरकारले सहयोग गर्ने विश्वास दिलाउन चाहन्छु।
गुरुङ समुदायले पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउने गर्छन् । पुरानो वर्षलाई बिदाइ गरेर नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन छ। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो।