३० फाल्गुन २०८२, शनिबार
नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड निर्विरोध निर्वाचित भएका छन् । सानेपास्थित हेरिटेज गार्डेनमा बसेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई निर्विरोध चयन गरेको हो ।
प्रचण्डलाई अध्यक्ष बनाउन माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राखेको प्रस्तावमा कृष्णबहादुर महराले समर्थन जनाएका थिए । उक्त प्रस्तावलाई केन्दीय कमिटिले सर्वसम्मत अनुमोदन गरेको हो ।

