यी हुन् माओवादी केन्द्रको राष्ट्रियसभा निर्वाचनका उम्मेदवार

होमल्याण्ड खबर

२०७८ पुष २० गते, मंगलवार ११:०४ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र) ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार टुंग्याएको छ । माओवादीले प्रदेश–२ मा उर्मिला अर्याल, गण्डकीमा अन्य समूहबाट सुरेश आलेमगर र दलितबाट भरत सुनार, कर्णालीमा अपांग अल्पसंख्यकबाट नरबहादुर विष्ट र सुदूरपश्चिममा दलित कोटामा जगत पार्कीलाई उम्मेदवार भएको हो ।

सोमबार बसेको माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रियसभा सदस्यका उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई दिएको थियो । उनले आज उम्मेदवारको टुंगो लगाएका हुन् ।

सोमबार बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकमा माओवादीले राष्ट्रियसभा निर्वाचन पाँच सिट पाउने सहमति भएको थियो । राष्ट्रियसभाको रिक्त हुन लागेको १९ सिटमा आज मनोनयन दर्ता हुँदैछ ।