राष्ट्रिय सभा निर्वाचन : उम्मेदवारको नामावली आज प्रकाशन हुने, भोलिसम्म नाम फिर्ता लिन सकिने

होमल्याण्ड खबर

२०७८ पुष २३ गते, शुक्रबार ११:०४ मा प्रकाशित

राष्ट्रियसभा सदस्यका लागि मनोनयन पत्र दर्ता गराएका उम्मेदवारहरुको नामावाली आज प्रकाशन हुने भएको छ । निर्वाचन आयोगले उम्मेदवारहरुको मनोनयन पत्र जाँचबुझ गरिसकेर दिउँसो ३ बजे उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने तयारी गरेको छ ।

नामावली प्रकाशन भएपछि उम्मेदवारहरुले भोलिसम्म नाम फिर्ता लिन सक्नेछन् । त्यसपछि अन्तिम नामावाली पुस २५ गते सार्वजनिक हुने र चुनाव चिन्ह पनि सोही दिन प्रदान गरिने आयोगले जनाएको छ ।

गत मंगलबार राष्ट्रियसभाको १९ रिक्त पदका लागि ९ राजनीतिक दलका ४३ जनाले उम्मेदवारी दर्ता गराएका थिए । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार कुनै पनि उम्मेदवारविरुद्ध उजुरी परेको छैन । मतदान आगामी माघ १२ गते हुँदैछ ।