राष्ट्रिय सभा निर्वाचनका लागि आजदेखि आचार संहिता लागु

होमल्याण्ड खबर

२०७८ पुष २६ गते, सोमबार १०:४७ मा प्रकाशित

राष्ट्रिय सभा निर्वाचनका लागि आजदेखि आचार संहिता लागु भएको छ। निर्वाचन आयोगले स्वच्छता, निष्पक्षता, पारदर्शिता, भयमुक्त वातावरण राख्न आजदेखि निर्वाचन आचार संहिता लागु भएको नजाएको छ ।

व्यक्ति, निकाय तथा अधिकारीलाई तोकेरै आचार संहिता लागु भएको निर्वाचन आयोगले जनाएको। आयोगले आचार संहिता उल्लंघन भएमा कानुनी कारबाही हुने भएकाले पूर्णरूपमा पालना गर्न गराउन सरोकारवालामा निर्देशनसमेत जारी गरेको छ। माघ १२ मा हुन लागेको राष्ट्रियसभा १९ जना सदस्य पदको निर्वाचनमा ४३ जनाको उम्मेदवारी परेको छ।

आयोगले राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न दिइएको छ।