१२ श्रावण २०८३, मंगलवार
प्रतिनिधिसभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ। कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै बैठक स्थगित गरेको संसद सचिवालयले जनाएको छ। सचिवालयका महासचिव भरतराज गौतमले अर्को बैठक १६ गते दिउँसो १ बजे बस्ने बताएका छन्। यसअघि राष्ट्रिय सभा बैठक पनि स्थगित गरिएको छ। सोमबारको लागि तय गरिएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो।
नेपालमा पछिल्लो समय कोरोना संक्रमण तीव्ररुपमा बढिरहेको छ।


