पर्यटन मन्त्री आलेलाई कोरोना संक्रमण

होमल्याण्ड खबर

२०७८ माघ ३ गते, सोमबार १२:२५ मा प्रकाशित

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  निजी सचिवालयले मन्त्रीलाई ज्वरो आएपछि गरिएको परीक्षणमा कोरोना पुष्टि भएको जनाएको हो ।

कोरोना भएपछि आज (सोमबार)का लागि निर्धारित कार्यक्रम स्थगित गरिएको बताइएको छ । आइतबार मात्रै उनले पशुपतिनाथ परिसरको धर्मशाला र नारायणहिटी दरबारको अवलोकन गएका थिए ।

केही दिनयता मन्त्री आले सार्वजनिक कार्यक्रममा सहभागी कार्यक्रममा दौडधुप गरिरहेका थिए ।