मंगलबार स्थानीय तहको चुनावबारे छलफल गर्न बोलाइयो राजनीतिक समन्वय समितिको बैठक

होमल्याण्ड खबर

२०७८ माघ ३ गते, सोमबार १४:४२ मा प्रकाशित

स्थानीय तहको चुनावबारे छलफल गर्न राजनीतिक समन्वय समितिको बैठक बोलाइएको छ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कुराकानी भएपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न मंगलबार राजनीतिक समन्वय समितिको बैठक बोलाइएको हो ।

आज प्रधानमन्त्री देउवालाई भेट्न माओवादी अध्यक्ष प्रचण्ड बालुवाटारमा पुगेका थिए । उनीहरुबीच स्थानीय तह निर्वाचनलगायत विषयमा कुराकानी भएको छ । राजनीतिक समन्वय समितिमा सत्तागठबन्धनका ५ दलका गरी ११ जना सदस्य छन्।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरे पनि सरकारले भने मिति घोषणा गरेको छैन ।