सर्वोच्च अदालतको फुलकोर्ट बैठक बोलाइयो, प्रधानन्यायाधीश नजाने

होमल्याण्ड खबर

२०७८ माघ ४ गते, मंगलवार ११:२५ मा प्रकाशित

कर्मचारीहरुलाई कोरोना संक्रमण भएपछि सर्वोच्च अदालतको पूर्ण (फुलकोर्ट) बैठक बस्ने भएको छ । सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले अदालतका ३५ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएको जानकारी दिएका छन् । यस्तै, अन्य ३ ०भन्दा बढी कर्मचारीहरुमा कोरोनाको लक्षण देखिएको, स्वाब परीक्षण गराएर घरमा बसेको उनले बताए ।

संक्रमण तीव्र रुपमा फैलिएपछि मंगलबार दिउँसो पूर्ण बैठक बस्ने तयारी भएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले फूल कोर्ट बस्नका लागि सबै न्यायाधीशहरुलाई पत्राचार भएको उनले जानकारी दिएका छन् ।

बैठक सेवा कटौतीको विषयमा केन्द्रित हुने प्रवक्ता ढकालले बताए । न्यायाधीशहरुको विरोधका कारण फूल कोर्ट बैठकमा प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबरा उपस्थित हुने छैनन् । न्यायाधीशहरूको बैठक बसेर निर्णय गरेपछि अन्तिममा जबराले हस्ताक्षर गर्नेछन् ।

प्रधानन्यायाधीश जबराले नै फुल कोर्ट बैठक बोलाए पनि उनी भने बैठकमा सहभागी हुने छैनन्।