संसदको गतिरोध अन्त गरी विचाराधीन विषयलाई निष्कर्षमा पुर्याइने छ: प्रम देउवा

होमल्याण्ड खबर

२०७८ माघ ७ गते, शुक्रबार १६:३४ मा प्रकाशित

‘संसदको गतिरोध अन्त गरी विचाराधीन विषयलाई निष्कर्षमा पुर्याइनेछ,’ देउवाले भने । उनले घुमाउरो तरिकाले अमेरिकी सहयोगसम्बन्धी एमसीसीको विषय अगाडि बढाउने संकेत गरेका छन् ।

संसदको गतिरोध हुँदा एमसीसी अगाडि बढेको छैन । यसबारे दलहरुबीच सहमतिको प्रयास चलिरहेको छ । तर, संसदमा रहेका मात्र नभई सत्तारुढ दलभित्रै एमसीसीबारे मतभेद छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा अवरोध गर्दै आएको छ । उसले १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस्न सभामुख अग्निप्रसाद सापकोटालाई दबाब दिदै आएको छ ।