राष्ट्रिय सभा निर्वाचनको मतगणना सुरु, कूल २०२५ जना मतदाता सहभागी

होमल्याण्ड खबर

२०७८ माघ १२ गते, बुधबार १६:१३ मा प्रकाशित

सातै प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको मतदान सकिएपछि मतगणना सुरु भएको छ । रिक्त १९ पदका लागि आज बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म भएको मतदानमा कूल २०२५ जना मतदाता सहभागी भएका थिए ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गरेका छन् । लुम्बिनी प्रदेशमा सुरु भएको मतगणना अन्य प्रदेशमा पनि अघि बढेको छ ।

राष्ट्रिय सभा निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धन र नेकपा एमालेका उम्मेदवारहरूबीच मुख्य प्रतिस्पर्धा रहनेछ । १९ पदका लागि विभिन्न १२ दलबाट ४३ जनाले उम्मेदवारी दिएका छन् ।