भोलि सत्ता गठबन्धनको बैठक बस्दै

होमल्याण्ड खबर

२०७८ माघ १४ गते, शुक्रबार १४:१६ मा प्रकाशित

सत्ता गठबन्धनका पाँचवटै दलका शीर्ष नेताहरुको बैठक भोलि शनिबार बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा भोलि बैठक बस्ने सहमति गरेका हुन् ।

सत्ता गठबन्धनका अहिले स्थानीय तहको निर्वाचन पछि सार्ने विषयमा छलफल हुँदै आएको छ । सोहि विषयमा भोलिको बैठकमा छलफल हुने बताइएको छ ।