१ चैत्र २०८२, आईतवार
अमेरिकी सहयोग परियोजना (एमसीसी) पास गर्न प्रधानमन्त्री लगायतका नेताहरु लागिपरेको भन्दै नेकपा एमालेका नेता भीम रावलले स्मरणपत्र लेखेका छन् ।
प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, दलका नेता तथा सांसदहरुलाई सम्बोधन गर्दै रावलले १२ पृष्ठ लामो खुला स्मृति पत्र लखेका छन् । एमसीसी परियोजना अनुमोदन नभई रद्द गर्नुपर्ने रावलले खुला पत्रमा लखेका छन् ।


उनले आफ्नो पत्रमा आफ्नै पार्टी नेतृत्वको धारणालाई पनि अवसरवादी धारणा भएको टिप्पणी गरेका छन् । सत्तापक्षले बोलेपछि मात्रै एमसीसीबारे धारणाा राख्ने कुरा प्रतिपक्षको पनि अवसरवादी धारणा भएको उनको भनाई छ । नेता रावलले एमसीसी सम्झौता अनुमोदन नगरी राष्ट्रिय स्वाधिनता, हित र अस्मिताको दीर्घकालीन सुरक्षाका लागि सबैले पदीय जिम्मेवारी बहन गर्ने अपेक्षा समेत राखेका छन् ।
आजसम्म कुनैपनि देशसँग भएका अनुदान सम्झौता संसदमा अनुमोदनका लागि पेश नभएको भन्दै एमसीसी सम्झौतालाई किन संसदबाट पारित गर्नुपर्ने भन्ने प्रश्न गरेका छन् । सो सम्झौता हस्ताक्षरको चरणदेखि नै दुई स्वतन्त्र सार्वभौम देशहरुका बीचमा पारस्परिक समानता र हितमा आधारित नभई असमान रहेको रावलले बताए ।
विगतका सम्झौताको पुनरावलोकन गरी समानता र पारस्परिक हितको आधारमा सम्झौता गर्ने संवैधानिक प्रतिवद्धता विपरित असमान सन्धि–सम्झौता गर्न अग्रसर हुनु राजनैतिक अनैतिकता ठहरिने उनको भनाई छ । एमसीसी सम्झौता कार्यान्वयनको सर्तमा नेपालले वर्तमान र भविष्यमा बन्ने अमेरिकी कानून मान्नुपर्छ भन्ने उल्लेख गरेको भन्दै नेता रावलले अनुदान सहायतामा थोपरिने यस्तो शर्तले नेपाललाई शक्ति राष्ट्रको सामरिक स्वार्थभित्र रहन बाध्य तुल्याउने बताए ।
हेर्नुस्, नेता रावलको खुलापत्रको पूर्णपाठ