सुशील कोइरालाले संविधान निर्माणमा खेलेको भूमिका प्रेरणादायी छ :  प्रधानमन्त्री

होमल्याण्ड खबर

२०७८ माघ २६ गते, बुधबार ११:५३ मा प्रकाशित

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री तथा कांग्रेसका तत्कालीन सभापति सुशील कोेइरालाको सातौँ स्मृति दिवसका अवसरमा उहाँप्रति श्रद्धा सुमन अर्पण गरेका छन् ।

प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जालमार्फत कांग्रेसका पूर्व सभापति कोइरालाप्रति श्रद्धा सुमन अर्पण गर्दै उहाँले पार्टीमा पु¥याउनु भएको अथक योगदान र संविधान निर्माणमा निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका सबैका लागि सधैँ प्रेरणादायी भएको उल्लेख गरेका हुन् ।

नेपालको संविधान जारी हुँदा सरकारको नेतृत्व गर्नुभएका कांग्रेसका तत्कालीन सभापति कोइरालाको २०७२ साल माघ २६ गते निधन भएको थियो ।