१ चैत्र २०८२, आईतवार
नेपाल बार एसोसियसनले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ताको कदम स्वागतयोग्य रहेको बताएको छ । प्रधानन्यायधिशको राजीनामा माग गर्दै आज गरिएको आन्दोलनका क्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधान न्यायाधीशको वहिर्गमनका लागि दर्ता भएको महाभियोग प्रस्तावको स्वागत गरेका हुन् ।
उनले प्रधानन्यायधिश मात्रै नभई अन्य न्यायधिशलाई पनि बिचौलियाको काम रोक्दै आफूमा सुधार गर्न सुझाव दिएका छन् । न्यायपालीका सुधार भए अन्य विषयलाई सुधार गर्न सकिने उनले बताए ।


श्रेष्ठले बारको आन्दोलन व्यक्तिको फाइदाको लागि नभएर समग्र न्यायपालीकाको सुधारका लागि भएको बताए । यस्तै उनले प्रधान न्यायधिशको वहिर्गमन नभएसम्म आन्दोलन जारी रहने बताए ।
यता सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले महाभियोग प्रस्ताव दर्ता भएसंगै प्रधान न्यायधिशलाई सर्वोच्चमा बस्ने अनुमति नभएको र निलम्बित प्रधान न्यायधिश भएको बताए । उनले अर्को प्रधान न्यायधिशको सपथ नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पारे ।