१ चैत्र २०८२, आईतवार
नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाएका छन् । भोलि बिहान ९ बजे बैठक बोलाइएको कांग्रेस संसदीय दलले जनाएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बस्ने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध दर्ता गरिएको महाअभियोग प्रस्ताव, अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता लगायत समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको कांग्रेस संसदीय दलले जनाएको छ ।


कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदले १ फागुनमा प्रधानन्यायाधीश जबरा विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।
त्यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले ४ फागुनमा प्रतिनिधि सभाको बैठक बोलाएका छन् ।