संसदमा एमसीसी टेबुल हुनेमा विश्वस्त छु : प्रधानमन्त्री देउवा

होमल्याण्ड खबर

२०७८ फाल्गुन ३ गते, मंगलवार १४:२९ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

आज मंगलबार नेपाली कांग्रेस संसदीय दलको बैठकमा उनले आफूले समामुख अग्निप्रसाद सापकोटासँग यस विषयमा परामर्श गरेको र एमसीसी सम्झौता टेबुल हुनेमा विश्वस्त रहेको बताएका कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए ।

‘मैले सभामुखसँग यस विषयमा परामर्श गरेको छु र म भोलि टेबुल हुन्छ भन्ने कुरामा विश्वस्त छु भनेर सभापतिज्यूले भन्नुभएको छ’ थापाले भने ।