कांग्रेसले गर्याे म्याद सकिएका सबै भातृ संगठन भंग

होमल्याण्ड खबर

२०७८ फाल्गुन ३ गते, मंगलवार १७:४४ मा प्रकाशित

नेपाली कांग्रेसले पार्टिका विभिन्न भातृ संगठनको वर्तमान कार्यसमिति भंग गरेको छ ।

आज सकिएको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेपाल तरुण दल, नेपाल विद्यार्थी संघसहितका भातृ संगठनको बर्तमान कार्यसमिति भंग गरेको प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिए। मुस्लिम संघबाहेक अरु भातृ संगठनको कार्यसमिति विघटन गरिएको छ ।

काँग्रेसमा भ्रातृ संस्थाहरू महिला संघ, दलित संघ, तरुण दल नेविसंघ र मुस्लिम संघमा नेतृत्व विहीन थियो, भने बाँकी अधिकांशको पनि महाधिवेशन हुन सकेको थिएन । काँग्रेसका १३ भ्रातृ संस्था र १८ शुभेच्छुक संस्थामध्ये अधिकांशको म्याद सकिएको थियो ।

भंग गरिएका भ्रातृ संस्थामा नयाँ कमिटी ल्याइने छ। नयाँ कमिटी ल्याउने अधिकार बैठकले सभापति शेरबहादुर देउवालाई दिएको प्रवक्ता डा। प्रकाशशरण महतले बताए ।