एमसीसीको विरोधमा राप्रपा सडकमा

होमल्याण्ड खबर

२०७८ फाल्गुन ४ गते, बुधबार १०:२१ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले एमसीसीको विरोध गरेको छ । बुधबार प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि राप्रपाका जनवर्गीय संगठनहरुको आयोजनामा दिउँसो १२ बजेदेखि एमसीसीको विरोधमा प्रदर्शन गर्ने तय भएको केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिए ।

राप्रपाले एमसीसी संशोधनबिना पारित गर्न नहुनेमा जोड दिँदै आएको छ ।