१ चैत्र २०८२, आईतवार
नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसी नेपाल कम्प्याक्टको विपक्षमा उभिने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको दलको बैठकले एमसीसी परियोजनाको विपक्षमा उभिने निर्णय गरेको हो ।
आज संसद बैठक बस्दैछ । बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि माओवादीले एमसीसीको विपक्षमा उभिने निर्णय गरेको हो ।


माओवादी प्रमुख सचेतक देव गुरुङले एमसीसीमा रहेका असमान शर्तहरु संशोधन नगरी यथास्थितिमा अगाडि बढाउन नसकिने र जबरजस्ती रुपमा एमसीसी ल्याएमा सरकार छोड्ने निर्णय भएको बताए ।