एमसीसी पारित गर्ने वा नगर्ने संसदले निर्णय गर्छ : प्रधानमन्त्री देउवा

होमल्याण्ड खबर

२०७८ फाल्गुन ५ गते, बिहीबार १३:०३ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना एमसीसी संसदले नै निर्णय गर्ने बताएका छन् । कांग्रेस नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’पुस्तकको बालुवाटारमा विमोचन गर्दै प्रधानन्त्री देउवाले यो निर्णय संसदकै जिम्मामा दिनुपर्ने बताएका हुन् ।

‘संसद जनताका प्रतिनिधिहरूको थलो भएकोले एमसीसीबारे निर्णय दिने ठाउँ नै संसद हो, उनले भने, ‘हामी एमसीसीको पक्षमा छौं । हाम्रो पार्टीको कार्यसम्पादन समिति र संसदीय दलले निर्णय गरिसकेको छ । अब पास फेल जे हुन्छ संसदले टुंग्याउनुपर्छ’,

एमसीसी अध्ययन नै नगरी आलोचना गरिएको समेत प्रधानमन्त्री देउवाले बताए ।