सकेसम्म गठबन्धन बचाउने पक्षमा छौँ : प्रचण्ड

होमल्याण्ड खबर

२०७८ फाल्गुन ५ गते, बिहीबार १५:४९ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकेसम्म वर्तमान सत्ता गठबन्धन जोगाउने बताएका छन् । गठबन्धनको बैठकअघि आजबिहीबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता राजेन्द्र श्रेष्ठसँगको छलफलपछि अध्यक्ष प्रचण्डले आफूहरूको गठबन्धन बचाउन नै जोड लगाइरहेको बताएका हुन् ।

‘हाम्रो संयन्त्रको आज ५ बजे मिटिङ छ । त्यसैको तयारीका बारेमा अहिले छलफल भयो’ अध्यक्ष प्रचण्डले भने, ‘हामी गठबन्धनका पाँचै दललाई कसरी बचाउने र एमसीसीलाई कसरी निकास दिने रु भन्नेमा छौ ।’