खुमलटार बैठकको निर्णय : एमसीसीमा अडान परिवर्तन नगर्ने

होमल्याण्ड खबर

२०७८ फाल्गुन ६ गते, शुक्रबार ११:१४ मा प्रकाशित

सत्ता गठबन्धनका एमसीसी विरोधी तीन दलका नेताहरुको छलफल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा सकिएको छ । माओवादीका नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी भएको छलफलमा एमसीसीमा अडान परिवर्तन नगर्ने निर्णय गरेको छ ।

‘एमसीसीलाई कसरी निकास दिने र समान धारणा बनाउने भन्नेबारेमा छलफल भएको हो’, खुमलटारमा सहभागी एक नेताले भने, ‘हाम्रो पूर्ववत अडान परिवर्तन भएको छैन’ , खुमलटारमा सहभागी एक नेताले भने ।

बिहीबार बेलुका बालुवाटारमा भएको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आज बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी जसरी पनि टेबल गर्नुपर्ने बताएपछि गठबन्धनमा खटपट पैदा भएको थियो । लगत्तै देउवा एमाले अध्यक्ष केपी ओली भेट्न बालकोट पुगेका थिए ।