१ चैत्र २०८२, आईतवार
३० राजनीतिक दल आवद्ध ‘स्थानीय निर्वाचन चुनाव चिह्न सङ्घर्ष समिति’ले निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाएर स्थानीय निर्वाचनमा चुनाव चिह्न प्रयोगको असमान व्यवस्था खारेज गर्न माग गरेको छ । सङ्घर्ष समितिको प्रतिनिधिले बुझायो राष्ट्रिय निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई आज ज्ञापनपत्र बुझाएका हुन्।
स्थानीय निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दलबाहेक अन्य राजनीतिक दलहरूले आफ्नो पार्टीको चुनाव चिह्न प्रयोग गर्न नपाउने कानुनी व्यवस्था विभेदकारी र अन्यायपूर्ण भएको र यसले एउटै संविधान र कानुनीप्रक्रिया पूरा गरि निर्वाचन आयोगमा दर्ता भएका दलहरूलाई अलग अलग वर्गीकरण गरी राजनीतिमा राष्ट्रिय मान्यता दलहरूको सिन्डिकेट खडा गरेको समितिको ठहर छ।

समितिको ज्ञापनपत्र बुझ्दै प्रमुख आयुक्त थपलियाले आयोगको तर्फबाट ऐन संशोधनको लागि आवश्यक पहल गरिरहेको जानकारी गराए । स्थानीय निर्वाचनमा चुनाव चिह्न प्रयोगको असमान व्यवस्था खारेज गर्न माग गर्दै समितिले फागुन ८ गते बालुवाटारमा प्रदर्शन गर्ने जनाएको छ।
३० राजनीतिक दल आवद्ध ‘स्थानीय निर्वाचन चुनाव चिह्न सङ्घर्ष समिति’ले निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाएर स्थानीय निर्वाचनमा चुनाव चिह्न प्रयोगको असमान व्यवस्था खारेज गर्न माग गरेको छ। सङ्घर्ष समितिको प्रतिनिधिले बुझायो राष्ट्रिय निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई आज ज्ञापनपत्र बुझाएका हुन्।
स्थानीय निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दलबाहेक अन्य राजनीतिक दलहरूले आफ्नो पार्टीको चुनाव चिह्न प्रयोग गर्न नपाउने कानुनी व्यवस्था विभेदकारी र अन्यायपूर्ण भएको र यसले एउटै संविधान र कानुनीप्रक्रिया पूरा गरि निर्वाचन आयोगमा दर्ता भएका दलहरूलाई अलग अलग वर्गीकरण गरी राजनीतिमा राष्ट्रिय मान्यता दलहरूको सिन्डिकेट खडा गरेको समितिको ठहर छ।
समितिको ज्ञापनपत्र बुझ्दै प्रमुख आयुक्त थपलियाले आयोगको तर्फबाट ऐन संशोधनको लागि आवश्यक पहल गरिरहेको जानकारी गराए। स्थानीय निर्वाचनमा चुनाव चिह्न प्रयोगको असमान व्यवस्था खारेज गर्न माग गर्दै समितिले फागुन ८ गते बालुवाटारमा प्रदर्शन गर्ने जनाएको छ।