सञ्चारमन्त्री कार्कीले एमसीसी टेबुल गर्ने

होमल्याण्ड खबर

२०७८ फाल्गुन ८ गते, आईतवार १४:०६ मा प्रकाशित

प्रतिनिधि सभाको आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गरिँदै छ । संसद बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न भएको छ । जसअनुसार सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी टेबुल (संसदमा पेश) गर्ने सहमति जुटेको छ ।

अर्थमन्त्रीले टेबुल गर्नुपर्ने भए पनि मन्त्री जनार्दन शर्माको स्वास्थ्यमा समस्या देखिएको भन्दै बैठकमा अनुपस्थित रहे । विकल्पका रुपमा पूर्व अर्थमन्त्री समेत रहेका सञ्चारमन्त्री कार्कीले टेबुल गर्ने भएका हुन् । कार्की नै अर्थमन्त्री रहेका बेला एमसीसीमा हस्ताक्षर गरिएको थियो ।