बिजुलीबजारमा रबरको गोली चल्यो

होमल्याण्ड खबर

२०७८ फाल्गुन ८ गते, आईतवार १७:०८ मा प्रकाशित

एमसीसीको बिरोध गरिरहेका प्रदर्शनकारीमाथि प्रहरीले रबरको गोली चलाएको छ । बिजुली बजारमा दुई पक्षीय झडपमा प्रहरीले रबरको गोली प्रहार गरेको हो ।

अहिले बिजुली बजार क्षेत्र तनावग्रस्त छ । प्रदर्शनकारीतर्फ भएको घाइतेको विवरण अहिलेसम्म प्राप्त भएको छैन् ।

संसद्मा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पेश गरेपछि प्रदर्शनकारीले आन्दोलन थप चर्काएका थिए । चर्किदै गएको आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले रबरको गोली प्रहार गरेको हो ।

प्रदर्शनमा सत्तारुढ माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), लगायत विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता र नागरिकहरू सहभागी रहेका छन् ।