प्रधानमन्त्री देउवा आन्तरिक छलफलमा जुटे

होमल्याण्ड खबर

२०७८ फाल्गुन ९ गते, सोमबार १३:५१ मा प्रकाशित

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीबारे आन्तरिक छलफलमा जुट्दै छन्। प्रधानमन्त्री देउवाले आज सोमबार दिउँसो २ बजे एमसीसी अगाडि बढाउने भूमिका देखिएका नेताहरूलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएको जनाइएको छ ।

आइतबार संसद्मा टेबल भएको एमसीसीको पक्षमा बहुमत जुटाउने गृहकार्यका लागि पार्टीका नेताहरूसँग छलफल गर्न लागेका हुन् । महामन्त्री गगन थापा, गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, कानुनमन्त्री दिलेन्द्र बडू, संसदीय दलकी सचेतक पुष्पा भुसाल लगायतलाई छलफलका लागि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजको छलफलमा एमसीसीको पक्षमा बहुमत जुटाउन गठबन्धनभित्र र बाहिरको गृहकार्यका लागि केही नेताहरूलाई जिम्मेवारी दिने देउवाको तयारी रहेको बताइएको छ ।