सचिवालय बैठक स्थगित गरेर नेपाल र खनाल वार्तामा

होमल्याण्ड खबर

२०७८ फाल्गुन ९ गते, सोमबार १६:३२ मा प्रकाशित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित गरेर अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल बार्तामा जुटेका छन् । शनिबारको स्थायी कमिटी बैठकले एमसीसीबारे थप निर्णय लिने अधिकार सचिवालयलाई दिएको छ । तर सचिवालय बैठक स्थगित गरेर अध्यक्ष माधवकुमार नेपाल र सम्मानित झलनाथ खनालबीच छलफल चलिरहेको छ ।

पूर्वप्रधानमन्त्री खनालले सोमबार एमसीसी संसदमा पेश हुँदा विरोध जनाएका थिए । खनालले एमसीसी पेश गर्न दिने पार्टी निर्णय नभएको प्रतिक्रिया दिएका छन् । यद्यपी, अध्यक्ष नेपालको सहमतिमै सरकारले सोमबार एमसीसी संसदमा पेश गरेको छ ।