१ चैत्र २०८२, आईतवार
प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले हिजो आइतबार संसदमा अमेरिकी सहयोग परियोजना एमसिसीसम्बन्धी सम्झौता टेबल हुँदा बानेश्वर क्षेत्रमा भएको प्रदर्शनको विरोध गरेका छन्। सोमबार कालु पाँडेको समाधिस्थलमा आयोजित कार्यक्रममा बोल्दै ओलीले उक्त प्रदर्शनमा प्रदर्शनकारीहरुले सडक भत्काएर प्रहरीको टाउको फुटाएको भन्दै उक्त कार्यको बिरोध गरेका हुन् ।
प्रदर्शनमा सत्तारूढ दलको तमासा भएको भन्दै ओलीले आक्रोश पोखे । आफूलाई क्रान्तिकारी भन्नेहरूले सडक बनाउनुको सट्टा भत्काउने काम मात्र गरेको उल्लेख गर्दै ओलीले बाटा भत्काउनु क्रान्तिकारिता नभएको बताए।


‘२५ जना प्रदर्शनकारीले सयौं प्रहरीलाई ढुंगा हानेको छ। प्रहरी पछाडि सरेको छ,’ ओलीले भने,‘उनीहरूलाई केही गर्ने आदेश छैन।’ ‘क्रान्तिकारीहरू नै सरकारमा छन्, तिनै क्रान्तिकारीले बाटा भत्काइरहेका छन्। नभत्काऊ भन्ने कोही छैन,’ ओलीले भने,‘प्रहरी कुटाइ खाएर भागेको छ। यस्तो कहीँ हुन्छ रु’
सरकारमा बस्नेहरूले नै सडकमा प्रदर्शन गरेकाले प्रहरीले प्रदर्शनकारीमाथि केही गर्न नसकेको ओलीको भनाइ थियो। यस विषयमा आफूले सोमबार बिहान गृहमन्त्री बालकृष्ण खाणलाई जिज्ञासा राखेको ओलीले बताए।