१ चैत्र २०८२, आईतवार
पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धन टुटेपनि फरक नपर्ने बताएका छन् । अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा मतभेद भएर कांग्रेस एमालेसँग समीकरण गर्न खोजिरहेको कुरा बाहिरिरहँदा खनालले उक्त गठनन्धन टुटेपनि केही फरक नपर्ने बताएका हुन् ।
नेता खनालले नेपाली कांग्रेसले नेकपा एमालेसँग समीकरणे गर्न स्वतन्त्र रहेको र यो गठबन्धन टुटे पनि केही फरक नपर्ने अभिब्यक्ति दिएका हुन् । ” त्यसो गरिहालेमा पनि आकाश खस्नेवाला पनि छैन, पृथ्वी फाट्नेवाला पनि छैन । हामीले देश र राष्ट्रको हितमा, जनताको हितमा र यो राष्ट्रको अग्रगति, प्रगति र समृद्धिको हितमा हामी निरन्तर काम गर्दछौँ “, उनले भने ।


उनले यदि कांग्रेस एमालेसँग समीकरण गरेर अघि बढुन चाहन्छ भने आफूले प्रधानमन्त्री स्वयंलाई तपाईं स्वतन्त्र हुनुहुन्छ पनि भनिसकेको बताए । नेता खनालले आफूहरु आफ्नै बाटो हिँड्ने र यसले केही फरका नपार्ने समेत बताएका छन् ।