कार्यव्यवस्था बैठक सकियो , संसदमा एमसीसीमाथि छलफल हुने

होमल्याण्ड खबर

२०७८ फाल्गुन १२ गते, बिहीबार १४:०० मा प्रकाशित

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामाथि आज बिहीबारको प्रतिनिधिसभा बैठकमा छलफल हुने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिले एमसीसीमाथि संसदमा छलफल गर्ने टुंगो लगाएको हो ।

बैठकमा देव गुरुङसहित नेकपा माओवादी केन्द्रका प्रतिनिधिहरुले एमसीसीको विरोधी जनमत रहेको भन्दै संसदमा छलफल रोक्न माग गरेका थिए । तर सरकार र नेपाली कांग्रेसका प्रतिनिधिहरुले छलफल गर्नुपर्छ भनेका थिए ।