१ चैत्र २०८२, आईतवार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गठबन्धन जोगाउने मध्यमार्गी प्रस्ताव लिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकमा छलफलपछि तयार भएको प्रस्ताव जानकारी गराउन उनी प्रधानमन्त्रीलाई भेट्न गएका हुन् ।


अहिले बालुवाटारमा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।
माओवादी केन्द्रले गठबन्धन जोगाउने शर्तमा संसद बैठक बहिस्कार गरेर कांग्रेसलाई एकलौटीरूपमा एमसीसी पास गर्न दिने विकल्पमा छलफल भएको थियो ।