प्रतिनिधिसभा बैठक सुरु, सांसदहरूको नाराबाजी जारी

होमल्याण्ड खबर

२०७८ फाल्गुन १५ गते, आईतवार १५:२४ मा प्रकाशित

 प्रतिनिधिसभा बैठक सुरु भएको छ । दिउँसो १ बजे बस्ने भनिएको बैठक दुई घन्टा ढिला गरी ३ बजे सुरु भएको हो ।

बैठक सुरु भएलगत्तै एमालेसहितका सांसदको नाराबाजी सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको जानकारी दिएलगत्तै एमालेसहितका सांसदहरूले नाराबाजी गरेका हुन् ।

आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफलको कार्यसूची छ ।