एमसीसी ब्याख्यात्मक घोषणासहित संसदबाट पास भएकोमा खुसी छु : प्रचण्ड

होमल्याण्ड खबर

२०७८ फाल्गुन १६ गते, सोमबार १६:२० मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी ब्याख्यात्मक घोषणासहित संसदबाट पास भएकोमा खुसी रहेको बताएका छन् । उनले देश दुर्घटनाबाट बचेको समेत टिप्पणी गरेका छन् ।

आज सोमबार खुमलटारमा पत्रकार सम्मेलन गर्दै प्रचण्डले भनेका छन्, हिजो एमसीसी पास भएपछि म निकै खुसी छु, देश दुर्घटनाबाट बच्यो, संविधान बच्यो ।’

उनले संसदमा एमसीसी सम्झौताको व्याख्यात्मक घोषणासम्बन्धी ‘आइडिया’ आफूले नै निकालेको र यसमा केही व्यक्तिले आफूलाई ठुलो आँट र हौसला प्रदान गरेको समेत खुलासा गरेका छन् ।