१ चैत्र २०८२, आईतवार
संघीय संसद् अन्तरगतको प्रतिनिधि सभाको बैठक स्थगित भएकाे छ । साे बैठक फागुन २२ गते आइतबारसम्मका लागि स्थगित गरिएको हाे । बुधबारको बैठकमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले ले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८’ पेस गरेका थिए ।
बैठकको सुरुदेखि नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले वेल घेराउ गर्दै विरोध गरेका थिए । आगामी बैठक आइतबार १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

