होमल्याण्ड खबर
२०७८ फाल्गुन १९ गते, बिहीबार १३:४३ मा प्रकाशित
सत्तारुढ गठबन्धनले अमेरिकी सहयोग परियोजना (एमसीसी) प्रतिनिधि सभाबाट अनुमोदन भएकोमा स्वागत गरेको छ। आज (बिहीबार) बिहान बसेको चार दलीय गठबन्धनको बैठकले एमसीसी पास गराउन सफल भएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद समेत दिएको बालुवाटार स्रोतले जानाकारी दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव र डा। बाबुराम भट्टराई सहभागी थिए। एमसीसी अनुमोदन भएको चार दिनपछि चार दलका शीर्ष नेताहरू बैठकमा बसेका हुन्। राष्ट्रिय जनमोर्चा भने गठबन्धनबाट बाहिरिसकेको छ । बैठकमा आगामी स्थानीय तहको निर्वाचन र गठबन्धनको आगामी रणनीतिका विषयमा पनि छलफल भएको बताइएको छ ।