माओवादीकाे केन्द्रीय समिति बैठक जेठ २० गते गर्ने प्रस्ताव

होमल्याण्ड खबर

२०७८ फाल्गुन २३ गते, सोमबार १४:४१ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी जेठ २० गते अर्को केन्द्रीय समितिको बैठक राख्न प्रस्ताब राखेका छन् । सो बैढक पार्टीभित्रका फरक मतलगायतका विविध विषयमा छलफल हुने बताएका छन् ।

पार्टीका शीर्ष नेताहरुबीचको बैठक बसेर अहिले विस्तृतमा छलफलका लागि समय अभाव भएकाले सबै विषयमा आगामी जेठ २० गतेको बैठकमा छलफल गर्ने निष्कर्ष निकालिएको बताए ।

केन्द्रीय समितिको बैठकमा प्रचण्डले नेताहरु कृष्णबहादुर महरा, देव गुरुङ र लीलामणि पोखरेलले राखेको एमसीसीको सम्बन्धमा नोट अफ डिसेन्ट प्रस्तुत गरेका थिए । यस्तै नेता नारायणकाजी श्रेष्ठ लगायतको फरक मतसहित सबै विषय पार्टी कार्यालयमा दर्ज भएको र सबै विषय पार्टीको सम्पत्तिको रुपमा ग्रहण गरेर अर्को बैठकमा छलफल हुने बताएका हुन् ।

अहिले पार्टी चुनावमा होमिनुपर्ने अवस्था रहेको तथा जेठ १५ गते बजेट आउने भएकाले त्यसपछि बैठक बस्नेगरी २० गतेका लागि केन्द्रीय कमिटी बैठक तय गरिएको प्रचण्डले बताएका छन् ।